संखुवासभामा एकै परिवारका ६ जनाको निर्मम हत्या

संखुवासभामा एकै परिवारका ६ जनाको निर्मम हत्या

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको जानकारी पाएलगत्तै जनप्रतिनिधि र प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गर्न लागेको बताइएको छ ।

केही समयअघि जनआस्थासँग कुराकानी गर्दै मादी नगरपालिका मेयर विदुरकुमार लिन्थेपले उम्लिङका तेजबहादुरको परिवारका ६ जनाको हत्या गरिएको सूचना प्राप्त भएको भन्दै आफूहरु घटनास्थलतर्फ लाग्दै गरेको बताउनुभएको हो ।

मेयर लिन्थेपले पाएको जानकारीअनुसार घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको र घटनास्थल चैनपुरबाट ३ घण्टाको दूरीमा रहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको पनि मेयरले जानकारी दिनुभयो ।

टिप्पणीहरू