विध्वंसकारी बर्षा र बाढी अझै जारी,कता कता भारी ?

विध्वंसकारी बर्षा र बाढी अझै जारी,कता कता भारी ?

हिजो राती २ बजेदेखि अविरल परेको बर्षाका कारण उपत्यकाका सबै साना ठूला खोला तथा नदीहरुमा बाढी आइरहेको छ । बाढी बस्तिमा पस्दा काठमाडौंका अधिकांश ठाउँ जलमग्न भएको र बस्ती डुबेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारीअनुसार काँडाघारी, परोपकार,बल्खु,सुन्दरीघाट, भक्तपुरको मनोहरा,बोडेफाँट, सुकुम्वासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको हो ।

उपत्यकामा ३८५ घर डुबानमा परेका छन् । जहाँबाट २ सय ४७ जनाको उध्दार गरिएको छ । जसमध्ये काठमाडौँबाट २ सय ३२ र ललितपुरबाट १५ जनाको उध्दार गरिएको प्रहरीको भनाई छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार १सय २१ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । मौसमविदहरुले केही घन्टाको अन्तरालमा यति धेरै पानी पर्नु बिरलै घटना भनेका छन् । मौसमविद् मिनप्रसाद अर्यालले आज र भोलि दिउँसोसम्म बर्षा हुने र त्यसपछि मौसममा सुधार हुने जनआस्थालाई बताउनुभयो ।

टिप्पणीहरू