फलफूल बोक्ने गाडीहरू बाढीमा डुबे

फलफूल बोक्ने गाडीहरू बाढीमा डुबे

काठमाण्डौ महानगरपालिका-११ त्रिपुरेश्वरस्थित सुकुम्वासी एरियामा खोलाको बहाव बढेर पानी छिर्दा बस्ती डुबेको छ । स्थानीय वासिन्दा बाहिर निस्केर बसेका छन् भने सामान असरल्ल छ ।

यसवीच काठमाण्डौ महानगरपालिका-१३ स्थित बिष्णुमती र बागमती खोलाको दोभानमा रहेको सुकुम्बासी बस्तीमा पनि पानी पसेर डुबान भएको छ ।उता वडा नम्बर १४ स्थित बल्खु फलफूल बजार नजिकको नयाँ पुल र बल्खू पुलवीचको लिंक मार्गमा रहेको सुकुम्वासी एरियामा खोलाको पानीको बहाव बढेर सुकुम्बासी बस्ती डुवानमा परेको छ । फलफूल लिएर आएका सवारी साधनहरु पानीमा डुबेका छन् ।

टिप्पणीहरू