​खोजेर जानु, रोजेर लिनु

घर बनाउने ! त्यो पनि शहरमा, कम खर्चले बन्छ ? तर इटलीको सिसली जानुस्, जुन मन पर्छ छान्नुस्, निःशुल्क । हो पालेर्मो प्रान्तको गंगी नगरमा यस्तै छ । यहाँका बासिन्दा धमाधम अमेरिका भासिएपछि ३ हजार २ सय पुरुष र ३ हजार ५ सय महिला गरी जम्माजम्मी ६ हजार ७ सय बाँकी छन्, जबकि घरको संख्या नै ५ हजार २ सय ७४ छ । अर्थात् १ हजार ४ सय घर दशौं वर्षदेखि खाली छ । नगरपालिकाले नगरको जनसंख्या बढाउने हेतुले बाहिरकालाई घर निःशुल्क प्रदान गर्दै आएको छ ।

टिप्पणीहरू