​हैरान पार्ने हिसाब

दोस्रो विश्वयुद्धताका र युद्ध शुरु हुनुअघि जापानले एशियामा आतंक फैलाएको इतिहास छ । सन् १९३७ मा चीनसित युद्ध भयो । चीनको नामोनिशान मेट्ने अभिप्रायले अघि सरेको उसले त्यहाँ बूढाबूढी–केटाकेटी कोही भनेन । ६ हप्ताको दौरान नानकिङमा तीन लाखको आमसंहार ग¥यो । एक हजारलाई योङमउ शहरबाहिरको पहेंलो नदीमा डुबाएर मा¥यो । ८० हजार महिला जापानी सेनाबाट बलात्कृत भए । चीनको दाबी छ, सन् १९४५ सम्ममा जापानले तीन करोड चिनियाँलाई मा¥यो र दुई लाख जापानी सेना पनि मारिए ।

टिप्पणीहरू