सैनिक सर्वोच्च नेतृत्वबाट पूर्णचन्द्रको औपचारिक र भव्य बिदाइ

सैनिक सर्वोच्च नेतृत्वबाट पूर्णचन्द्रको औपचारिक र भव्य बिदाइ

प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको कार्यकाल ४ दिन बाँकी रहेतापनि आजबाट औपचारिक बिदाई लिएका छन् । ४२ बर्ष सेनामा जीवन बिताएका लमजुङ्गे थापाको अबको जीवन बूढानीलकण्ठमा बित्नेछ ।

आज सर्वोच्च र उच्चका विभिन्न न्यायाधीशहरु,कामु प्रधान सेनापति प्रभूराम शर्मा,पूर्व प्रधानसेनापतिहरु,रक्षासचिव बेगेन्द्रराज शर्मा,रथीवृन्द तथा अधिकृत,सुरक्षा निकायका प्रमुखहरु,सैनिक श्रीमती संघका पदाधिकारी,सन्चारकर्मीहरु लगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिवीच ३ बर्षे सेनापतित्वकालका अनुभूति साझेदारी गर्दै थापा बिदा भएका हुन् ।बिदाइ कार्यक्रमको प्रारम्भमा प्रधान सेनापति थापाले कामु प्रधान सेनापति शर्मालाई नेपाली सेनाको झण्डा,प्रधान सेनापतिको झण्डा तथा छडी हस्तान्तरण गरेका थिए भने उनको सम्मानमा एक टुकडीले सम्मान गारद अर्पण गरेको थियो । आजको कार्यक्रमको अर्को बिशेषता सम्पूर्ण युनिटहरुमा प्रत्यक्ष प्रशारण गरिनु थियो ।

टिप्पणीहरू