गाँजा मुद्दाका फरारहरु धमाधम प्रहरीले पक्रँदै

गाँजा मुद्दाका फरारहरु धमाधम प्रहरीले पक्रँदै

पश्चिम मकवानपुरका विभिन्न गाउँहरुमा लागूऔषध गाँजा ओसार पसार मुद्दामा संलग्न देखिएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।

आइतबार मात्रै पनि इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले कैलाश गाउँपालिका (साबिक डाँडाखर्क ९) बस्ने राजकुमार भनिने ४४ बर्षीय ललितबहादुर मुक्तानलाई पक्राउ गरेको हो ।

मुक्तानलाई जिल्ला अदालत मकवानपुरद्वारा ३ बर्ष ३ महिना ९ दिन कैद सजायँ तोकिए पनि फरार भइ लुकिछिपी बसिरहेका बेला मनहरी गाउँपालिका ९ ज्यामिरेबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

केही दिनअघि मात्रै पनि प्रहरीले लागूऔषध गाँजा मुद्दाका केही फरार अभियुक्तहरुलाई पक्राउ गरी जिल्ला अदालत पेस गरेको थियो ।

टिप्पणीहरू