नेपालका निम्ति यौटा राम्रो अवसर

नेपालका निम्ति यौटा राम्रो अवसर

नेपालले यस वर्ष विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एशियाली क्षेत्रीय समितिको ७४औं सत्र आयोजक बन्ने र अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएको छ ।

आज भाद्र २१ देखि २५ गतेसम्म भर्चुअल माध्यमबाट सञ्चालन हुने सत्रको सम्पूर्ण जिम्मेवारी नेपालले पाएको छ । दक्षिण पूर्वी एसियाका ११ वटा सदस्य राष्ट्रहरु यसमा सहभागी रहने छन् ।

सत्रमा सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री,विश्व स्वास्थ्य संगठनका महानिर्देशक, क्षेत्रीय निर्देशक,सदस्य राष्ट्रका वरिष्ठ स्वास्थ्य अधिकारीहरु लगायत संयुक्त राष्ट्रसंघका एजेन्सीहरु,विकास साझेदारहरू, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिहरु सहभागी हुने बताइएको छ ।

पछिल्लो पटक सन् २००९ मा नेपालले क्षेत्रीय समितिको सत्र सञ्चालन गरेको बताउँदै स्वास्थ्य मन्त्रालयले फेरि पनि आफूहरुले सत्र सञ्चालन गर्न पाएकोमा हर्षित भएको बताएको छ ।

उक्त सत्रमा नेपालले प्रस्ताव गरेअनुसार कोभिड १९ का सन्दर्भमा स्वास्थ्यको सर्वव्यापी पहुँच कसरी बढाउने र स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य प्रणालीलाई कसरी सुदृढ गर्न सकिन्छ भन्नेबारेमा मन्त्रीस्तरीय विशेष छलफलसमेत आयोजना गरिनेछ ।

टिप्पणीहरू