दुर्घटनामा २ जना चालकको मृत्यु

दुर्घटनामा २ जना चालकको मृत्यु

संखुवासभाको चिचिला गाउँपालिका १ पात्लेमा भएको ट्रक दुर्घटनामा चालकको निधन भएको छ । प्र.०१–०२–००१ ख ८०८३ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खस्दा धनकुटा लेगुवा बस्ने २८ वर्षीय चालक जनक पाण्डेको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ट्रकमा सवार अरुण तेस्रो जलविद्युत आयोजनामा काम गर्ने ११ जना कामदारमध्ये ७ जनालाई जिल्ला अस्पताल खाँदबारी पठाइएको छ । चार जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । तीन जनालाई थप उपचारको लागि धरान पठाइएको छ ।

उता तनहुँको बन्दिपुर गाउँपालिका १ स्याउली, चिसापानीस्थित सडकमा शनिबार राति भएको ट्रयाक्टर दुर्घटनामा पनि चालक स्थानीय २३ वर्षीय सुदिप कपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू