गभर्नरको राजीनामा मागियो

सेयर बजारका खेलाडीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् । बैंकले हालै जारी गरेको आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नितिका कारण सेयर बजार ओरालो लाग्न थालेको भन्दै सेयर लगानीकर्ताहरुले गभर्नरको राजीनामा माग गरेका हुन् ।

लगानीकर्ताहरुले गभर्नरको राजीनामालाई मुख्य माग भन्दै विभिन्न १५ बुँदा अघि सारेका छन् । बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोड रुपैयाँको सीमा तत्काल हटाउनु पर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायतका माग उनीहरुको छ ।

लगानीकर्ताहरुले गभर्नरका कतिपय निर्णयले पुँजी बजारमा नकारात्मक प्रभाव पारेको अधिकारीलाई हटाउन माग गरेका हुन् ।

टिप्पणीहरू