​उनी अर्कैकी भएपछि गाडीको आश

खुशीको कुरा हो कि नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीचको लामो प्रेमसम्बन्ध दाम्पत्य सम्बन्धमा परिणत भयो । तर, दुःखको कुरा छ कि, ‘अर्कोसँग विवाह गरिसकेपछि गाडी फिर्ता गरिदिए हुन्थ्यो’ भन्दै एकजना धनाढ्य अहिले आफ्नो सर्कलका साथीभाइसँग रोइलो गर्दै छन् ।

 मुख्यतः घरजग्गा कारोबारी, बैंक सञ्चालक हुँदै सांसदसम्म भएका ती धनाढ्यले नायिका निशालाई कुनै बेला अपार्टमेन्ट पनि दिलाएका थिए । तर, निशाको मन अन्तै मोडिँदा अपार्टमेन्ट छाडिन्, गाडी भने साथमै छ । ०७० सालमा दोस्रो संविधानसभा सदस्य मनोनीत भएपछि निशालाई ती व्यापारीले समय दिन छाडे । त्यसपछि गोपीकृष्ण हलका सञ्चालक उद्धव पौडेलका छोरा निरकसँग नजिकिइन् । तर, निरकसँग पनि लामो मित्रता रहेन ।

जतिबेला सहाना बज्राचार्य र दावा स्टेभेन शेर्पा लिभिङ टुगेदरमा थिए, उनीहरूको सम्बन्ध टुट्नुअघि निशा मिल्ने साथी थिइन् । स्रोतका अनुसार अहिले दाबा र सहानाबीच सम्बन्ध राम्रो छैन । दाबालाई पैसाको कुनै दुःख छैन । दावा हिजोआज नम्रता श्रेष्ठसँग नजिक छन् । उनी हुन् नेपाल पर्वतारोहण महासंघका अध्यक्ष आङछिरिङ शेर्पाका छोरा । आङछिरिङका दुई श्रीमती । एउटा नेपाली र अर्काे बेल्जियमको । उनको नाम शेर्पाबाबुबाट दावा र बेल्जियमकी आमाको नामबाट स्टेभेन जुराइएको हो । उनै निशाले हो गाडी फिर्ता नगरेपछि दावाले साथी सर्कलमा गुनासो गर्दै हिँडेको ।

टिप्पणीहरू