५२ वर्षे पुरुषद्वारा १० वर्षीया बालिकामाथि व्यभिचार

५२ वर्षे पुरुषद्वारा १० वर्षीया बालिकामाथि व्यभिचार

समाजमा जबरजस्ती करणीका घटनाहरु दैनिक बढेको छ । सुनसरीमा ५२ वर्षे पुरुषले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका छन् ।

सो अभियोगमा दुहबी नगरपालिका ४ मालहटी टोलका ५२ वर्षीय राजु सहनी पक्राउ परेका हुन् । गत मंगलबार ती बालिकालाई सहनीले जबरजस्ती करणी गरेका थिए ।

करणी गरेको खबर बाहिरिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई थप कारबाहीको लागि इलाका प्रहरी कार्यालय, दुहबी पठाइएको छ ।

टिप्पणीहरू