पशुपतिनाथको मन्दिर खोल्न हस्ताक्षर संकलन

पशुपतिनाथको मन्दिर खोल्न हस्ताक्षर संकलन

हिन्दूहरुको पवित्रस्थल पशुपतिनाथको मन्दिर खोल्न माग गर्दै हस्ताक्षर संकलन गरिएको छ ।

विश्व हिन्दू परिषदको आयोजनामा आज पशुपति मन्दिरको दक्षिण गेट अगाडि मन्दिर खोल्न माग गर्दै धर्ना एवम हस्ताक्षर संकलन कार्यक्रम शुरु भएको हो । दिउँसो साढे ४ बजेबाट शुरु भएको सो कार्यक्रममा ३५ जनाको उपस्थिति रहेको जनाइएको छ ।

कार्यक्रममा ‘भगवान श्री पशुपतिनाथको अपमान बन्द गर’, ‘पशुपति मन्दिर खुल्ला गर’, ‘पशुपति क्षेत्रमा इसाइको अतिक्रमण बन्द गर !’ जस्ता नारावाजी समेत गरिएको थियो ।

टिप्पणीहरू