अवैध सुन ओसार्नेहरुको ओइरो

अवैध सुन ओसार्नेहरुको ओइरो

बाँकेमा ४ किलो अवैध सुनसहित २ जना समातिएका छन् । श्री एयरलाइन्सको फ्लाइट नम्बर एसएचए-४३३ को जहाजबाट नेपालगन्ज आएका झापाको खादुनावारी–६ का अमिर लगुन विश्वकर्मा र मोरङको लेटाङका बुद्धिमान खातीलाई प्रहरीले ४ किलो २१.४९ ग्राम अवैध सुनसहित पक्राउ गरेको हो ।

उनीहरु हिजो दिउँसो २ बजे नेपालगन्ज ओर्लिएका थिए । ३ बजेतिर विमास्थलको आगमन कक्ष बाहिर शंकास्पद गतिविधि गरेको देखेपछि प्रहरी टोलीले खानतलासी गर्दा सुन भेटिएको हो । विश्वकर्माले लगाएको दायाँ र बायाँ जुत्तामा सुनको २–२ वटा बिस्कुट र खातीले लगाएको जुत्ताको तलुवामा १–१ पिस बिस्कुट गरि जम्मा ६ थान बिस्कुट भेटिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, खातीको झोलामा समेत थप सुन भेटिएपछि जम्मा ४ किलो २१.४९ ग्राम अवैध सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ परेकाहरु उपर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू