नेकपा एसको जिम्मेवारी विभाजन , क-कसले के के गर्ने ?

नेकपा एसको जिम्मेवारी विभाजन ,  क-कसले के के गर्ने ?

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी राष्ट्रिय सम्मेलनमा राजनीतिक प्रतिवेदन लगायतका दस्तावेज तयार गर्न बरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा मस्यौदा कमिटी गठन गरेको छ ।

सो पार्टीले आज जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)-१ मा निकट भविष्यमा हुने पार्टीको राष्ट्रिय सम्मेलनमा दस्तावेज लेखनका लागि खनालको नेतृत्वमा १३ सदस्सीय मस्यौदा कमिटी गठन गरिएको बताइएको छ ।

गत भदौ २ गते एमालेबाट बिद्रोह गरि गठन भएको नेकपा एसले छिट्टै राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ । राष्ट्रिय सम्मेलनमा राजनीतिक प्रतिवेदनलगायतका दस्तावेज लेखनका लागि गठन गरिएको मस्यौदा कमिटीमा स्थायी कमिटी सदस्यद्वय डा. बेदुराम भुसाल र प्रमेश हमाल सदस्य रहेका छन् ।

मस्यौदा कमिटीका अन्य सदस्यहरुमा राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. बिजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई र गणेश विक रहेका छन् ।

कमिटीलाई निवाचन आयोगमा पेस गरिएका दस्तावेजहरू परिमार्जन गर्ने कामको पनि जिम्मेवारी दिइएको छ ।

टिप्पणीहरू