आज कोरोना संक्रमित र मृत्यु हुनेको संख्या साताकै सबैभन्दा कम

आज कोरोना संक्रमित र मृत्यु हुनेको संख्या साताकै सबैभन्दा कम

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या केही घटेको छ । साताको अन्तिम दिन आज १ हजार २६८ जनामा संक्रमण पुष्टी भएको छ । उक्त संख्या यो साता स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको सबैभन्दा कम संक्रमित संख्या हो ।

मन्त्रालयका अनुसार भदौ १३ गते आइतबार १ हजार ३ सय ८८ जना संक्रमित भेटिएका थिए । भोलिपल्ट सोमबार संक्रमितको संख्या बढेर २ हजार २ सय ९५ पुगेको थियो । मंगलबार फेरी तल झरेको संक्रमण दर बुधबार र बिहीबार भने माथि पुगेको थियो ।

अघिल्ला दिनको तुलनामा शुक्रबार फेरी घटेको संक्रमण आज अझै स्वाट्टै कम भएको हो ।

संक्रमितको संख्या मात्र होइन कोरोनाबाट मृत्यु हुनेको संख्या पनि आज निकै घटेको छ । आइतबार कोरोनाबाट २४ जनाले ज्यान गुमाएका थिए । सोमबार १६ जनाको मृत्यु हुँदा मंगलबार र बुधाबार मृत्यु हुनेको संख्या बढेर २० पुगेको थियो ।

अस्ति बिहीबार १६ जनाको मृत्यु भएको थियो भने हिजो फेरी बढेर २३ जना कोरोनाको शिकार हुनुपरेको थियो । आज कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका छन् । यो संख्या पनि यस साताकै सबैभन्दा कम हो ।

टिप्पणीहरू