शेर कि शेरबहादुर ?

प्रधानमन्त्री शेरबहादुर देउवाको आक्रोश यतिबेला अत्यधिक चर्चामा छ । एउटा टिभी कार्यक्रममा एक प्रश्नकर्तालाई झपार्ने शैलीमा उहाँले रौद्र रूप प्रदर्शन गर्नुभएको थियो । त्यो रूप देखेपछि बल्ल मलाई लाग्यो, शेरबहादुर देउवाभित्र साँच्चै कुनै ‘शेर’ पनि बसेको रहेछ । 

उहाँको त्यो शैली देखेर प्रश्नकर्तालाई लाग्यो होला– हेत्तेरी, शेरबहादुरलाई भनेर प्रश्न सोधेको त शेरलाई पो पर्न गएछ !

अबदेखि पत्रकार बन्धुहरूले पनि ध्यान पु¥याउनुपर्ने अवस्था आएको छ, आफूले जसलाई प्रश्न सोधिरहेको छ । त्यो शेरबहादुर हो कि शेर हो ? शेरलाई श्याल, बिरालो, खरायो, जरायोलाई जसरी सोध्न अब मिल्दैन । बुझ्नुभो ?

टिप्पणीहरू