काठमाडौंमा कति छन् संक्रमित ?

काठमाडौंमा कति छन् संक्रमित ?

काठमाडौंमा कोरोना संक्रमितको उपचारको निम्ति छुट्याइएका धेरै वटा स्थान र अस्पतालमध्ये नौ ठाउँमा संक्रमित शुन्य देखिएका छन् ।

जनआस्थाले संकलन गरेको पछिल्लो विवरणअनुसार कीर्तिपुरको मोडर्न अस्पताल, बाफलस्थित यति अस्पताल, कालिमाटीस्थित ज्योती अस्पताल, टेकुुको बुद्ध माई अस्पतालमा आजका दिनमा संक्रमित छैनन् ।

त्यसैगरी कीर्तिपुरको जेष्ठ नागरिक भवन, कीर्तिपुरकै कभर्डहल, बल्खुको राजधानी अस्पताल, नागार्जुन नगरपालिकामा रहेको शहरी विकास भवनको आइसोलेसन सेन्टरमा पनि संक्रमित देखिएका छैनन् ।

तर, कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टरमा ६८ जना पुरुष र ५ जना महिला गरेर ७३ जना भर्ना भएका छन् । तीमध्ये ६० जना यसअघि नै भर्ना भएका र १३ जना नयाँ हुन् । पछिल्लो २४ घण्टामा त्यहाँबाट ५ जना डिस्चार्ज भएको बताइएको छ ।

बयोधा अस्पतालमा १ जना कलंकीको नेशनल अस्पतालमा ४ जना संक्रमित उपचाररत छन् । ब्लु क्रस अस्पतालमा ४ जना, चाल्नाखेलको स्वास्थ्य चौकीमा ३ जना र काठमाडाैँ महानगरपालिका १५ को स्वयम्भुस्थित आनन्दकुटीमा १ जना संक्रमित भर्ना भएका छन् ।

उता मनमोहन मेमोरियल अस्पतालमा ७ जना र टेकु अस्पतालमा ४५ जना संक्रमित उपचाररत छन् । छाउनीको वीरेन्द्र सैनिक अस्पतालमा ३४ जना बिरामी रहेको र दक्षिणकालीको मनमोहन स्मृति सामुदायिक अस्पतालमा पनि १ जना उपचारको लागि भर्ना भएको जानकारी सम्बन्धित संस्थाले उपलब्ध गराएका छन् ।

टिप्पणीहरू