दर खाने दिन संसद अधिवेशन

दर खाने दिन संसद अधिवेशन

सरकारले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज बसेको क्याबिनेट बैठकले भदौ २३ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदका दुबै सदनको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि संसद अधिवेशन बोलाउनेबारे आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटा, सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गर्नुभएको थियो ।

उक्त छलफलपछि बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो । भदौ २३ गते महिलाहरुको तीज पर्वको दर खाने दिन समेत परेको छ ।

टिप्पणीहरू