‘चीनले ढोका थुन्यो, बरु भारतको भर !’

‘चीनले ढोका थुन्यो, बरु भारतको भर !’

यो निश्कर्ष हो, हालै पुनर्गठित एमाले विदेश विभाग प्रमुखको । भदौ ६ मा बसेको विभागको बैठकमा त्रिविका प्राध्यापक खड्ग केसीले चीनसँग किन सम्बन्ध नियमित भएन ? राष्ट्रपति सि चिनफिङ आउँदा भएको सम्झौताअनुसार ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क किन लथालि¨ भयो ? भनी उठाएको प्रश्नको जवाफ दिने क्रममा विभागका प्रमुख डा.राजन भट्टराईले दिएको जवाफ मज्जाको थियो ।

पहिला जापानका लागि राजदूत प्रस्तावित भएका प्राध्यापक केसीको प्रश्नको जवाफ दिने क्रममा राजनले भन्नुभयो, ‘उसको बाध्यता के थियो या प्राथमिकता के प¥यो कुन्नि, चीनले साथ दिएन, बरु कोरोना लाग्नासाथ उसले खासा र केरुङ दुवैतिरका नाका थुनेर दुई वर्षदेखि हामीलाई नाकाबन्दीको व्यवहार गरेको छ ।’

उहाँले भारत अड्कोपड्को तेलको धुप भएको कुरा राख्दै थप्नुभयो, ‘चीनले जस्तै भारतले पनि पाँच–दश दिनमात्रै नाका बन्द गरेको भए त चौपट नै हुने रहेछ नि !’ तर, चीनसँग रणनीतिक साझेदारी र बिआरआईमा ९ परियोजना फाइनल भएको भन्दै अब काम अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

बैठकमा सहभागी केहीले चाहिँ भारतले पैसा लिएर पनि कोभिडको खोप पठाएन भन्दै भारतप्रतिको मोह त्याग्नुपर्ने कुरा उठाएका थिए । भट्टराई ०६७ मा माधव नेपाल र ०७२ एवं ०७४ मा केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार हुनुहुन्थ्यो ।

टिप्पणीहरू