ठाउँ ठाउँमा तस्करी,उपाय अनेक थरि

ठाउँ ठाउँमा तस्करी,उपाय अनेक थरि

पश्चिम सुर्खेत बराहताल गाउँपालिकाको ओदाल तालबाट प्रहरीले अवैध काठसहित चार वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । दुई हजारभन्दा बढी क्युफिट साल जातको काठ प्रहरीले बरामद गरी डिभिजन वन कार्यालयमा बुझाएको हो ।

पश्चिम बेतान कुल्लुबाट वीरेन्द्रनगर ल्याउँदै गरिएको काठ प्रदेश प्रहरी कार्यालय, बिउरो टोलीले नियन्त्रणमा लिएको हो । १६ सय ५५ क्युफिट काठको स्वीकृति लिइए पनि ठूलो मात्रामा अवैध काठ ल्याउन लागेको सूचना पाएपछि प्रहरीले काठसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

डिभिजन वन प्रमुख गोविन्द दाहालले स्वीकृति लिएकोभन्दा बढी काठ ल्याएकाले यकिन परिमाणबारे अहिले नै थाहा नभएको जानकारी दिनुभएको छ ।

उहाँले पक्राउ परेको काठ अन्य क्षेत्रबाट ल्याइएको हुँदा आफूले कारबाही गर्न नमिल्ने बताउँदै थप कारबाहीको निम्ति प्रदेश वन निर्देशनालयमा पठाइने बताउनुभयो । आवश्यक छानबिनपछि दोषी ठहरिए सम्बन्धितलाई वन ऐनअनुसार कारबाही हुने उहाँले जानकारी गराउनुभयो ।

सबै ट्रकका चालक र सहचालकलाई अनुसन्धानको लागि प्रहरी निगरानीमा राखिएको छ ।

टिप्पणीहरू