​मेयरको हतियार किन्ने मन

काठमाडौं महानगरपालिकामा एमालेतर्फबाट विजयी मेयरले स्मार्ट फोन किन्ने निर्णय गर्दा व्यापक असन्तुष्टिसहित फिर्ता भएको चर्चा सेलाउन नपाउँदै छिमेकी ललितपुर महानगरपालिकामा कांग्रेसतर्फबाट विजयी चिरिबाबु महर्जनको अनौठो प्रस्ताव गर्भमै बिस्फोटको संघारमा छ । 

आइतबारको बोर्ड बैठकमा मेयर महर्जनले हतियार किन्ने प्रस्ताव राखेपछि एमालेतर्फका वडाध्यक्ष श्रीगोपाल महर्जन, सुदर्शन मिश्र र दिनेश कार्कीलगायतले चर्को आलोचना गरेका छन् । प्रस्ताव औपचारिक रुपमा आउनुपर्ने र निर्णय पनि पारदर्शी हुनुपर्ने भन्दै हतियार खरिदको औचित्य पुष्टि गर्न चुनौतीसहित एमाले कार्यपालिका सदस्यहरूले बैठक अवरुद्ध गरेका थिए । प्रस्तावित १५ बुँदामा छलफल हुँदा केही विवादास्पद विषय आएको भन्दै एमालेले विरोध जनाएपछि मेयर निर्णयबाट पछि हट्दै ३ नं. वडाध्यक्ष श्रीगोपाल महर्जनसमेतको समिति बनाएर संशोधनको काम थालिएको बुझिएको छ ।

असारको आधामास कटिसकेपछि जिल्ला समन्वय समिति र ललितपुरका विभिन्न नगरपालिकामा योजना फरफराक र भुक्तानीको भीड बढेको छ । जिल्ला विकास समितिले सांसद विकास कोषका योजनामा सांसदको दबाबमा मिति संशोधन गर्ने गरेको बुझिएको छ ।

टिप्पणीहरू