संवैधानिक नियुक्तिको सुनुवाइ रोक्ने सर्वोच्चको आदेशविरुध्द रिट दर्ता

संवैधानिक नियुक्तिको सुनुवाइ रोक्ने सर्वोच्चको आदेशविरुध्द रिट दर्ता

प्रधानन्यायाधीशलाई बाहेक गरेर संवैधानिक इजलास गठन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजीको मागसहित कानुन व्यवसायी दिनेश त्रिपाठीले (भ्याकेट) पुरक निवेदन हालेका छन् ।

हिजोमात्र न्यायाधीश हरि फुयाँलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसआधारमा गरिएका नियुक्तिविरुद्ध रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएका थिए । सो विरुध्द अधिवक्ता त्रिपाठी पुरक निवेदन बोकेर आजै सर्वाेच्च अदालत पुगेका हुन् ।

। संवैधानिक इजलासमा प्रधानन्यायाधीशको सहभागितासम्बन्धमा परेको रिटमाथि बिहिबार सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले आजको लागि तय भएको इजलास स्थगित गर्न आदेश दिएको थियो । आदेशमा संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने सवाल महत्वपूर्ण भएकाले तत्काल सुनुवाइ स्थगित गर्न भनिएको थियो ।

यसअघि साता दिनअघि (अघिल्लो शुक्रवार) प्रधानन्यायाधीशसमेत संलग्न संवैधानिक परिषदको बैठकले गरेका नियुक्तिहरू असंवैधानिक भएको भन्दै सर्वोच्चमा परेको मुध्दामाथि सुनुवाइ शुरु भएको थियो । उक्त मुद्धाको सुनुवाइका क्रममा संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको सहभागितालाई लिएर कानून व्यवसायीहरुले चर्को प्रश्न उठाएसँगै प्रधानन्यायाधीश संवैधानिक इजलासको पेशी तोक्ने जिम्मा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीलाई दिन सहमत भएका थिए । पेशी तोक्ने दिन र संवैधानिक नियुक्ति बिरुध्दको मुद्दा फैसला हुने दिन जबराले आफूलाई बिदामा बस्ने बताएका थिए ।

त्रिपाठीले संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विषयको टुंगो नलागेसम्म संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुध्द परेको सुनुवाइ अघि नबढाउन सर्वोच्चले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै पूरक निवेदन पेश गरेको जनआस्थालाई सुनाए ।

त्रिपाठीद्वारा दायर रिटमा संवैधानिक परिषदद्वारा गरिएको नियुक्तिविरुध्द परेको रिटको सुनुवाइ रोक्न अन्तरिम आदेश जारी गरेको विषयले आफ्नो न्यायसम्बन्धी हकमा अवरोध पुगेको जिकिर गरिएको छ ।

टिप्पणीहरू