मन्त्री खोज्नेको ताँतीले…

मन्त्रिपरिषद् विस्तारको चर्चासँगै माओवादीबाट मन्त्री बन्न अध्यक्ष प्रचण्डसमक्ष रोइकराई गर्नेहरुको ताँती लागेको छ । कैलालीका हरि ज्ञवाली ‘अखण्ड’ ले ०७० को मुखमा वैद्य समूह छाडेको फल माग्न हुल लिएर लाजिम्पाटमा धर्ना कसिरहेको बताइन्छ । स्रोतका अनुसार पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्मा पनि त्यही लाइनमा छिन् । 

उमेश यादव र जाकिर हुसैनसमेत कोही मधेसी त कोही मुस्लिमको प्रतिनिधित्व गर्छु भन्दै दौडधूपमा छन् । यसरी आकांक्षा पोख्नेहरु धेरै छन् तर नारायणकाजीले चाहिँ एकसूत्रीय ढंगले गिरिराजमणि पोखरेललाई स्वास्थ्यमन्त्रीमा दोहो¥याउनुप¥यो भनिरहेको स्रोत बताउँछ । आफू ऊर्जा मन्त्रालय चलाउन सक्षम रहेको दाबी गर्दै पूर्व जनमुक्ति सेना कमाण्डर महेन्द्रबहादुर शाही लाजिम्पाट पुगेका छन् । विश्वस्त स्रोतका अनुसार उनको नाम लगभग पक्का छ । लोकमानविरुद्ध महाभियोग प्रस्ताव पेश गर्न बिजुलीको पोल बाँड्ने भन्दै जनार्दन शर्मासँगै यी पनि सांसदको हस्ताक्षर संकलनमा खटिएका थिए । हाल प्रमुख सचेतक रहेका सल्यानका टेकबहादुर बस्नेत पनि संभावित उम्मेदवार हुन् । थाहै नपाई हस्ताक्षर गराए, झुक्याए भनेर लोकमान प्रकरणमा दुखेसो पोख्नेमध्येका हुन्, टेकबहादुर । माओवादीमा फेरि पनि वर्षमान पुन र जनार्दन शर्मा प्रभाकर नै हावी हुने र निर्णायक बन्ने देखिन्छ । 

आपूर्ति मन्त्रालयचाहिँ शिवकुमार मण्डललाई दिइने सम्भावना छ । ०७० सालमा २६ सिट प्रत्यक्षतर्फबाट जितेकामध्ये बाग्मती अञ्चलबाट बिउ जोगाउने रामेछापका श्याम श्रेष्ठ पनि सम्भाव्य अनुहार हो, सामान्य प्रशासन या वाणिज्य मन्त्रीका रुपमा शपथ खान पाउने । बाबुरामको खम्बाको रुपमा परिचय बनेको भए पनि नयाँशक्तितिर नलागेकी तनहुँकी आशा खनालले महिला, बालबालिका मन्त्रालय पाउने संभावना देखिन्छ ।

टिप्पणीहरू