डोजर बोक्ने ट्रकसहित दुईजना कर्राखोलामा बेपत्ता

डोजर बोक्ने ट्रकसहित दुईजना कर्राखोलामा बेपत्ता

बिहानभर परेको बर्षाले उर्लेको कर्रा खोलाले बगाउँदा हेटौँडा १७ चुनढुंगा नजिकैबाटै डोजर/जेसीबी बोक्ने ट्रक बगाएको छ । शुक्रबार बिहान बगाएको ट्रकमा रहेका २ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रबक्ता जयइश्वर रिमालले बताउनुभयो ।

उहाँका अनुसार ना ४ ख १४४० नम्बरको दश चक्के ट्रक कर्रा खोलाले बगाएको हो । ट्रकसँगै चालक रामेछाप घर भएका ४० बर्षीय बद्री सार्की र गणेश थापामगर बेपत्ता छन् । थापा पनि अर्कै गाडीका चालक रहेको बुझिएको छ । पानीको मात्र अत्यधिक बढेकाले बगाएको ट्रक समेत खोलामा देखिएको छैन । पानी घट्ने क्रममा रहेकाले वरिपरि नै ट्रक हुन सक्ने अनुमान गरिएको प्रहरी प्रबक्ता रिमालले बताउनुभयो । बेपत्ता ट्रक र मान्छेको खोजी प्रहरीले जारी राखेको छ ।

टिप्पणीहरू