आज १७ सय बढी संक्रमित थपिए, २३ को ज्यान गयो

आज १७ सय बढी संक्रमित थपिए, २३ को ज्यान गयो

नेपालमा पछिल्लो २४ घण्टामा १७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १४,३३४ वटा नमुना परीक्षणमा देशैभरी १७५६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौं ४६७, भक्तपुरमा ७१ र ललितपुरमा १२९ जना गरी उपत्यकामा आज ६६७ जना संक्रमित थपिएका छन् । बिहीवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको संख्यामा कमी आएको छ ।

आज थपिएका संक्रमितसँगै देशमा हालसम्म ८ लाख ५१ हजार ९६४ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २२७४ जना निको भएका छन् । आज निको भएका २२७४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख २३ हजार ४५६ पुगेको छ ।

त्यस्तै आज देशैभरी २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ८०९ पुगेको छ ।

नेपालमा हाल ३३ हजार ६ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३० हजार ६६२ जना होम आइसोलेशन र २,४४ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।

टिप्पणीहरू