बाग्मतीका माननीय,वकिल र एमाले खेमा भड्किने डर,ओली अनुपस्थित

बाग्मतीका माननीय,वकिल र एमाले खेमा भड्किने डर,ओली अनुपस्थित

नेकपा एमालेनिकट पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पीपीएलए)को आजका लागि बोलाइएको भेला अध्यक्ष केपी ओलीको अनुपस्थितिमा शुरु भएको छ । संगठनका इञ्चार्ज र अध्यक्षलाई थाहै नदिई एकपक्षीय रुपमा भेला बोलाइएको भन्दै ‘तेस्रो धार’ भनिएको समूह असन्तुष्ट बनेपछि ओली अकस्मात रोकिनुभएको हो ।

२०७५ जेठ २ मा फर्किने निर्णयको मसी नसुक्दै ओलीपक्ष पुरानै शैलीमा हिंड्न थालेको भनी तत्कालीन माधव नेपाल पक्षका नेताहरुले चर्को असन्तुष्टि जनाएपछि ‘ओली आउन नसक्ने’ भनेर सूचना गरिएको छ ।

पीपीएलएको ईञ्चार्ज रघुजी पन्त र अध्यक्ष रुद्र नेपाल तत्कालीन माधव नेपाल समूहका नेता हुन् । एमालेका सबै सांगठानिक संरचना २०७५ जेठ २ अनुसार क्रियाशील हुने निर्णयले पन्त र नेपाललाई स्वत: पुरानै जिम्मेवारीमा फर्काएपनि उनीहरुलाई पत्तै नदिई ओलीनिकट महासचिव इश्वरी भट्टराई समूहले भेला बोलाएको थियो ।

भेलामा अध्यक्ष ओलीलाई प्रमुख अतिथिका रुपमा प्रचार गरिएको थियो । संवध्द पक्षलाई भेलामा उपस्थित हुनका लागि निमन्त्रणा कार्डसहित सामाजिक सन्जालमा ब्यापक प्रचार गरिएको थियो । तर,पीपीएलएका अध्यक्ष नेपालले आज जारी गर्नुभएको विज्ञप्तिमा संस्थागत निर्णय नै नभएको उक्त भेलामा सहभागी नहुन सबैलाई अपिल गरिएको थियो ।

अध्यक्ष रुद्र नेपालले भेला कसले र किन बोलाएको अनि किन स्थगित गरेको भन्नेबारे आफूलाई जानकारी नै नभएको बताउनुभयो । अध्यक्ष ओली नआउने भएपछि भेला स्वत: स्थगित भएको भन्दै मोबाइल बन्द गर्नुभएको छ । पार्टीले संस्थागत निर्णय नगरी एकपक्षीय रुपमा गतिविधि अघि बढ्न थालेकाले आशंका पैदा गरेको उहाँको भनाइ छ ।

यता, इश्वरी भट्टराईहरुको भने जसरी पनि भेला गर्ने तयारीमा अनुरुप पूर्व कानून मन्त्रीत्रय सुवास नेम्वाङ्ग,शेरबहादुर तामाङ्ग र अग्नि खरेलको उपस्थितिवीच भेला चलिरहेको छ । पेलेरै अगाडि बढ्दा बाग्मती प्रदेशका केही माननीय माधवतिर जानसक्ने खतरा देखिन्छ । भेलामा रमा श्रेष्ठलगायत सवा सय एमाले निकट वकिलहरुको सहभागिता रहेको छ ।

टिप्पणीहरू