ठूलोबाट धुलो, पहिलोबाट माहिलो

आफू पार्टी सभापति, प्रधानमन्त्री र संसदीय दलको नेता भएका बेला शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई ठूलोबाट धुलो पारेको र जेठोबाट माइलोमा झारेको भन्दै रामचन्द्र पौडेलले ठुंग्न थालेका छन् । 

पौडेलको आरोप छ, ‘०४८ सालको चुनावमा ७५ मध्ये ६० जिल्ला जितेको पार्टी अहिले यो हालतमा आउनुको कारण के हो ?’ ०५४ सालमा वामदेवले आतंक मच्चाएर स्थानीय निकायमा कब्जा जमायो भन्नेहरुले अहिले के कारण नेपाली कांग्रेसले आफ्नो सिट गुमाएको हो, त्यसको जवाफ दिनुपर्ने उनको भनाइ छ । एमाले सरकारमा नभएको बेला पनि कसरी ०५४ सालकै झैँ नतिजा देखाप¥यो ? उनले थप जिज्ञाशा राख्ने गरेका छन्– चुनाव कि लहरले नत्र सत्ताले जित्न सकिन्छ भन्ने गरेको होइन ? ल ! ०६४ मा माओवादीले लहरले जित्यो रे तर कांग्रेसले यसचोटि सत्तामा बसेर चुनाव गराएको के फाइदा पायो ? केही व्यक्तिलाई मन्त्री बनाउनेभन्दा बढी उपलब्धि के भयो ? 

उनको तर्क छ, एमालेमा त्यत्रो गुट छ, आन्तरिक कलह र फुट छ । तर, नतिजा उसैको पक्षमा देखियो । गुट र फुट व्यवस्थापनका लागि पनि कला चाहिने रहेछ । खै हाम्रो तीन÷तीनवटा महŒवपूर्ण पद ओगटेको नेतामा त्यो कला ? सत्ताबिना चुनाव जितिँदैन भन्ने होइन रहेछ । उनले हरेक प्रश्नमा प्रमाण पेश गर्दै सोध्ने गरेका छन्, के ०४८ को ६८ सिटबाट ०५१ को चुनावमार्फत सरकार चलाउने ठाउँमा पुग्दा एमाले सत्तामा थियो ? के अहिलेको चुनावमा ऊ पावरमा सहभागी छ ? बरु कांग्रेसमा आफैँभित्र पनि असहिष्णुता देखियो ।

प्रधानमन्त्री बन्ने कुरामा नै हेरौं, गिरिजा तीनपटक प्रधानमन्त्री बने, देउवा यसपटकसमेत गरी चौथोपटक बने भने सुशील कोइराला दोस्रो कार्यकालको निम्ति कस्सिए । कृष्णप्रसाद भट्टराई पनि दुईपटक कुर्सीमा बसे । यसरी पटक–पटक मौका पाउँदा आफैंलाई मात्रै अघि सारे कांग्रेसी नेताहरुले । एमालेले यसपटक मौका पाएको भए वामदेव गौतमलाई अघि साथ्र्यो । यसअघि पनि चारपटक मौका पाउँदा मनमोहन, माधव, झलनाथ र केपीले एक–एकपटक अवसर उपयोग गरे तर दोहो¥याएनन् ।

टिप्पणीहरू