कसले बुझ्यो र ओलीको प्रष्ट रोडम्याप

कसले बुझ्यो र ओलीको प्रष्ट रोडम्याप

भनिन्छ, राजनीतिमा प्रष्टताको मूल्य हुन्छ । बुझ्न सक्नु, नसक्नु अर्को कुरा । प्रश्न उठेको छ– भीम रावल, घनश्याम भुषाल, अमृत बोहोरा, रघु पन्त, युवराज ज्ञवालीहरुले केपी ओलीको प्रष्टता बुझेर कि नबुझेर हो, एकतामा विश्वास गरिरहेको ?

किनभने, अहिलेको राजनीतिमा केपी ओलीजत्तिको प्रष्ट कोही छैन । उहाँले प्रष्टैसँग भन्नुभएको छ, ‘म कसैसँग सामूहिक सौदाबाजी गर्दिनँ । जसलाई जे चाहिएको छ, त्यसबारे कुरा गर्न आफैँआफैँ आउनुस् । सकेको गर्छु † योग्यता क्षमताअनुसार ठाउँ दिन्छु ।’ उहाँको अर्को प्रष्ट लाइन छ, ‘पार्टीभित्र अल्पमतमा पर्दिनँ ।’ यही कारण ७० वर्षे उमेरहदलाई संशोधन गरेर एक कार्यकाल अध्यक्ष र प्रधानमन्त्री हुने बाटो खोल्नुभएको छ । अर्को प्रष्टता छ– प्यानल बनाएर चुनाव हुँदैन । उहाँको योजना छ, ‘म निर्वाचित हुन्छु र मैले चाहेको पदाधिकारी छान्छु । चुनाव लड्छु र एक्लै टिकट बाँड्छु ।’

अनि, अर्को प्रसंग छ, घनश्याम भुसाल र योगेश भट्टराईलाई माधवपक्षीय नेताहरुले गाली गर्ने ठाउँ छैन । उहाँहरुले पहिल्यै ‘विभाजनमा जान्नौं, बरु तटस्थ बस्छौं’ भनेको हो । शुरुमै स्पष्ट आफ्नो कुरा भनिसकेपछि कतैतिर नलागी अन्तमा एकातिर पक्षधरता देखाउँदा ‘धोका’ भन्ने ठाउँ कतिसम्म हुन्छ ।

अर्कातिर, यो विभाजनले अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई पद आशक्तका रुपमा चिनाएको टिप्पणी नेता–कार्यकर्ताले गर्न थालेका छन् । माधवतिर रहेकामध्ये शुरुमा जसले विभाजन गरिहालौँ भनेर २ वटा पार्टी निर्वाचन आयोगमा दर्ता गर्न पठाए, उनीहरु नै केपीसँग मिल्न गएका छन् । त्यसमाथि अष्टलक्ष्मीले माधवसँगै रहेर विभिन्न अवसर पाउनुभएकै हो । जस्तो कि, उहाँ उद्योग मन्त्री हुनुभयो । अनेमसंघको अध्यक्षपछि पार्टी उपाध्यक्ष पनि हुनुभयो । ०७४ मा विद्या भण्डारीलाई राष्ट्रपति दोहो¥याउनुभन्दा अष्टलक्ष्मीलाई बनाउनु उचित हुने बहस चलेकै हो । फेरि पनि राष्ट्रपतिको प्रसंगमा महिलाकै कुरा आयो भने अष्टलक्ष्मीसँग अवसर थियो । तर, त्यो अवसरभन्दा मुख्यमन्त्रीलाई नै मुख्य मान्दै उहाँ ओलीतिर लाग्नुभएको कतिपयको ठम्याई छ । नत्र त एमालेको विवाद उठ्ने विविध कारणमध्ये भीम र अष्टलाई ४२ महिनाअगाडि मुख्यमन्त्री नबनाउनु पनि एक थियो । अहिले पनि माया र सम्मानले भन्दा अन्तिममा सत्ता ढल्ने भएपछि लौ खा भनेर दिइएको धेरैको बुझाइ छ ।

टिप्पणीहरू