भोलि दिउँसो भारतीय दूतावास घेरेपछि सिंहदरबारतिर

भोलि दिउँसो भारतीय दूतावास घेरेपछि सिंहदरबारतिर

नेपालका लागि नेपाली पार्टीले भोलि दिउँसो लैनचौरस्थित भारतीय दूतावास पुगेर बिरोध जनाउने बताएको छ । पार्टीले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता पारिएको घटनालाई लिएर दिउँसो १ बजे दूतावासमा ज्ञापनपत्र बुझाउने बताएको छ ।

त्यसपछि समय मिलेसम्म सिंहदरबार पनि जाने पार्टीले जनाएको छ ।

भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले महाकाली नदीमा तुइन तरिरहेका धामीलाई लट्ठा फुस्काएर नदीमा खसालिदिएका थिए । त्यसपछि बेपत्ता भएका धामीको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । सरकारी छानबिन समितिले समेत घटनाको यकिन विवरण नलेखी सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।

टिप्पणीहरू