प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री नेपाल पूर्व प्रधानमन्त्री भेट्न डल्लुमा

प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री नेपाल पूर्व प्रधानमन्त्री भेट्न डल्लुमा

भारतको नयाँ दिल्लीमा झण्डै साढे दुई महिना लामो उपचार गराएर सोमबार नेपाल फर्किनुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल डल्लु पुग्नुभएको छ ।

खनालको स्वास्थ्य अवस्था बुझ्न अघि उहाँहरु डल्लु जानुभएको हो । यसअघि हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि खनाललाई भेट्न डल्लु पुग्नुभएको थियो ।

वरिष्ठ नेता खनालको नयाँ दिल्लीस्थित अपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरिएको छ । उपचारको लागि उहाँ गत असार २ गते नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको थियो ।

टिप्पणीहरू