आज २ हजार संक्रमित थपिए, १६ को ज्यान गयो

आज २ हजार संक्रमित थपिए, १६ को ज्यान गयो

मुलुकमा कोरोना संक्रमण र मृत्युदर केही सातादेखि उस्तै देखिएको छ । आज कोरोना संक्रमणको कारण १६ जनाले ज्यान गुमाएका छन् भने थप २ हजार ४ जनामा संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय ५८ जनामा पीसीआर तथा ३ हजार ३ सय ९२ जनामा एन्टिजेन गरी १४ हजार ६ सय ५० जनामा परीक्षण गरिएको थियो ।

यसबीचमा १ हजार ८ सय ४६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल मुलुकभर ३३ हजार ९ सय ४६जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू