खोलाले कार बगाउँदा सबै बगे, ४ बिते

खोलाले कार बगाउँदा सबै बगे, ४ बिते

दाङमा उर्लंदो खोलाले कार बगाउँदा कारमा सवार चारै जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित सिस्ने खोलाले प्रदेश ३–०१–०२४ च ४४४० नम्बरको कार बुधबार राति बगाउँदा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा कारमा सवार दाङ, घोराहीकी ३२ वर्षीया शुशिला श्रेष्ठ, ४० वर्षीया रितामाया पुन, ३२ वर्षीया राधा कुँवर र ४२ वर्षीया विमला केसी छन् ।

कार चालक स्थानीय ४३ वर्षीय नरबहादुर पुनलाई भने उद्धारको क्रममा घाइते अवस्थामा फेला पारिएको थियो । उनलाई तत्काल उपचारार्थ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको थियो ।

टिप्पणीहरू