महाकालीमा तुईन चुँडालिएको बिरुद्ध गोंगबुमा प्रतिकार

महाकालीमा तुईन चुँडालिएको बिरुद्ध गोंगबुमा प्रतिकार

दार्चुलामा गत महिना तुईनको लट्ठा फुस्काएपछि महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको अहिलेसम्म अत्तोपत्तो छैन ।

घटनाको छानबिन र सत्यतथ्य पत्ता लगाउन गठित सरकारी कमिटीले भारतीय भूमिमा भएको घटना र भारतीय सीमा सुरक्षा बल एसएसबीका जवान संलग्न भएकाले थप छानबिन गर्नुपर्ने अमूर्त कुरा सिफारिश गरेर आफ्नो जिम्मेवारी टुंग्याएको छ ।

तर, उक्त घटनाको बिरुद्ध नेपालका लागि नेपाली पार्टीले भने आज काठमाडौँमा कोणसभा गर्ने जनाएको छ । सभा काठमाडौँको गोङगबुस्थित बिजी मलको अघिल्तिर दिउँसो ४ बजे हुनेछ ।

टिप्पणीहरू