माओवादीका पूर्वमन्त्री एमाले पसी गाउने बजाउनेतिर

माओवादीका पूर्वमन्त्री एमाले पसी गाउने बजाउनेतिर

एमाले स्थायी समिति सदस्य तथा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी तीज कार्यक्रमको प्रमुख अतिथि बन्नुहुने भएको छ । उहाँ राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय महिला विभागले हरितालिका तीजको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो ।

पर्सि शनिबार दिउँसो नयाँ बानेश्वरको अल्फाबिटा भवनमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा राजु परियार, शिला आले, पूर्णकला बिसी,) उमा श्रेष्ठ, बैकुण्ठ महत,अमृत खाती लगायतका कलाकारहरुको प्रस्तुती समेत समावेश गरिएको आयोजकले जनाएको छ ।

टिप्पणीहरू