माधव नेपाल पक्षको समानान्तर कमिटी नेकपा (एस) मा समाहित

माधव नेपाल पक्षको समानान्तर कमिटी नेकपा (एस) मा समाहित

मकवानपुरमा नेकपा (एमाले)को तत्कालीन माधव नेपाल पक्षले बनाएको समानान्तर कमिटी नवगठित नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ ।

आज हेटौँडामा आयोजित एक भेलाले यसअघि मुनु सिग्देलको नेतृत्वमा गठन भएको माधव पक्षको समानान्तर जिल्ला कमिटी नेकपा (एस) मा समाहित गरेको हो ।नवगठित जिल्ला कमिटीको अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन् । २२५ सदस्सीय जिल्ला कमिटीको उपाध्यक्षमा हेटौँडाकी उपमेयर मीना लामा र सचिवमा बिष्णु दाहाल छानिएका छन् ।

भेलामा नेकपा (एस)का केन्द्रीय सदस्य केदार न्यौपानेको उप्स्थिति थियो।

टिप्पणीहरू