तीनकुनेमा नेकपा (एस) को नयाँ पार्टी कार्यालय

तीनकुनेमा नेकपा (एस) को नयाँ पार्टी कार्यालय

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले केन्द्रीय कार्यालय स्थापना गर्ने भएको छ । गत भदौ २ गते एमालेबाट विद्रोह गरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा दर्ता भएको नेकपा एसले बानेश्वरस्थित भिएस निकेतन कलेज छेउको एक निजी घर भाडामा लिएर एक-दुई दिनदेखि सन्चालनमा ल्याउने गरी कार्यालय स्थापना गर्न लागेको हो ।

हाइवेबाट एक स्टेप भित्र रहेको उक्त घरमा कार्यालय सन्चालन गर्ने गरी भाडा सम्झौता गर्न लागेको नेकपा एसका एक नेताले जानकारी दिए । उनका अनुसार आज सम्झौता गरेर दुई दिनभित्र कार्यालय सन्चालन गर्ने तयारी भैरहेको छ।

यसअघि नेकपा एसलाई संसदीय दलको कार्यालय उपलब्ध गराइएको थियो । संघीय संसद सचिवालयले सिंहदरबारस्थित संसद सचिवालयको भवन नम्बर १ को दोस्रो तलामा नेकपा (एस)लाई दलको कार्यालय राख्न ठाउँ व्यवस्थापन गरेको हो ।

टिप्पणीहरू