​अब इधरका उधर

अब न्यायसेवातर्फ झण्डै २ दशकदेखि प्रचलनमा नरहेको एउटा अभ्यास तोडिने भएको छ । जताततै अदालतका मान्छेको मात्रै हालिमुहाली चल्ने रीति तोड्दै समूहको मान्यतामाथि बञ्चरो प्रहार गरिएको हो । वर्षौंपहिले बद्रिकुमार बस्नेत कानुन मन्त्रालयबाट सर्वोच्च आएर रजिष्ट्रार र न्यायाधीशसम्म भएका थिए । त्यसैगरी उदय नेपाली अदालतको रजिष्ट्रारबाट मन्त्रालय पुगेर सचिव भए ।

सरकारी वकिल कृष्णराम श्रेष्ठले पनि अदालतको रजिष्ट्रार चलाए । बीचको २० वर्ष कोही–कसैको इधर–उधर हुन पाएन । अदालतकै कर्मचारी न्यायाधीश, सचिव र रजिष्ट्रार भइरहे । कृष्ण गिरी जीवनहरि अधिकारीलगायत न्यायपरिषद् सचिवमा पनि अदालतबाटै जाने रीत बस्यो । हुँदा–हुँदा कानुन मन्त्रालय र सरकारी वकिलबाट न्यायाधीश हुनेको संख्यासमेत कटौती भएको देखियो । अस्ति आइतबारदेखि भने समूहको सिष्टम हटाइएको छ । न्यायपरिषद् सचिव नहकुल सुवेदीलाई सर्वोच्चको मुख्य रजिष्ट्रार तोकेरै अनुमोदनको निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ भने सरकारी वकिलबाट बेपत्ता छानबिन आयोगमा खटाइएका राजन भट्टराई न्यायपरिषद्मा पुगेका छन् ।

समूह फेर्ने निर्णय लिन अस्ति बसेको न्यायसेवा आयोगको बैठकमा प्रधानन्यायाधीश रोलक्रमका दीपकराज जोशीले आफूखुशी चल्नु भएन, सरसल्लाह र टिम स्पिरिट हुनुप¥यो भनेका थिए । बैठकमा लोकसेवा अध्यक्ष उमेश मैनालीले पनि समूह परिवर्तनको पक्षमा अभिमत जाहेर गरे । 

टिप्पणीहरू