प्रधान न्यायाधीशका बारेमा न्यायाधीशले आज बोल्नैपर्ने

प्रधान न्यायाधीशका बारेमा न्यायाधीशले आज बोल्नैपर्ने

आफ्नो मुध्दा आफैंले हेर्न मिल्ने कि नमिल्ने ? अनि प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास गठन गर्न हुने कि नहुने ? यही विवादसँग सम्बन्धित रिटउपर आज सर्वाेच्च अदालतमा बहस हुँदैछ ।

गत ५ पुस र ८ जेठमा संसद बिघटनपछि अध्यादेश ल्याएर संवैधानिक परिषद्ले विभिन्न निकायमा नियुक्त गर्दा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले समेत भा पाउनुभएको थियो ।

आफू जोडिएको मुध्दा आफैंले हेर्न नमिल्ने भन्दै ओमप्रकाश अर्याल लगायत केही वरिष्ठ अधिवक्ताहरुले इजलाशमै प्रश्न उठाएसँगै प्रधानन्यायधीश राणाले आफू पहिलो र अन्तिम सुनुवाइमा संलग्न नहुने जनाउनुभएको थियो । ती दिनमा उहाँको अनुपस्थितिमा वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा गठन हुने इजलासले मुद्दाको सुनुवाइ गर्ने बताइएको थियो ।

सोको विरुद्ध अधिवक्ता गणेश रेग्मीले प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने भन्दै रिट दायर गरेका छन् भने अधिवक्ता दीपकविक्रम मिश्रको चाहिँ प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो स्वार्थ जोडिएको मुद्दा हेर्न नमिल्ने दाबी गर्दै छ ।

प्रधानन्यायधीशसँग जोडिएका यी दुबै मुध्दालाई एकै ठाउँमा राखी आज सुनुवाई हुन लागेको हो । रिट न्यायाधीश हरिप्रसाद फुयालको १० नम्बर इजलासमा परेको छ।

टिप्पणीहरू