चिनियाँ राष्ट्रपतिद्वारा युवा नेतृत्वसमक्ष मुलुक समृध्द बनाउने रोडम्याप प्रस्तुत

चिनियाँ राष्ट्रपतिद्वारा युवा नेतृत्वसमक्ष मुलुक समृध्द बनाउने रोडम्याप प्रस्तुत

चिनियाँ राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङले युवा नेताहरुलाई सम्बोधन गर्दै मुलुक,जनता र कम्युनिष्ट पार्टीप्रतिको आफ्नो आदर्शलाई दृढ बनाउन,पार्टीप्रति बफादार रहन, तथ्यहरुबाट सत्य खोज्न,काँधमा जिम्मेवारी लिन र पार्टीले विश्वास गरेको समाजको मेरुदण्ड बन्न हरसम्भव प्रयास गर्न आग्रह गर्नुभएको छ ।

केन्द्रीय सैन्य आयोगको अध्यक्ष समेत रहनुभएका सीले कम्युनिष्ट पार्टीको स्कुल विभागद्वारा युवा र मध्यम उमेर समूहका नेताहरुका लागि आयोजित प्रशिक्षणको बेइजिङमा उद्घाटन गर्दै उक्त आग्रह गर्नुभएको हो । उमेरको हिसाबले युवा नेताहरूलाई महान् युगमा रहेको पक्षलाई ध्यान दिन आग्रह गर्दै उहाँले आफूहरू पार्टी र जनताको लागि महत्वपूर्ण डफ्फा भएकोतर्फ मनन् गर्न भन्नुभएको छ ।

उहाँको भनाई थियो, ‘आदर्श र दृढ विश्वासले मार्क्सवादमा विश्वास, साम्यवादको महान् आदर्श र चिनियाँ विशेषतायुक्त समाजवादको साझा आदर्शलाई झल्काएको छ ।’ उहाँले ती आदर्श र विश्वासले मात्र चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य,नेता तथा कार्यकर्ता सबै युगका सबै खाले परीक्षणहरूको सामना गर्न सक्षम हुन्छन् भन्दै ‘अडानमा स्थिर र लक्ष्यमा नजिक पुग्न सक्छन्’ भन्नुभएको छ ।

नेतृत्व विकासको उपयुक्त मोडल प्रस्तुत गर्दै उहाँले वास्तविकतामा आधारित समाधानमा जोड दिनुभएको छ । राष्ट्रपति तथा पार्टी महासचिव सिले युवा नेतृत्वलाई प्रशंसा र आलोचना दुबै प्राप्त गर्ने क्रममा उपयुक्त विकासका बारेमा जान्न सर्वसाधारणसँग घुलमिल गर्नुपर्छ भन्नुभएको छ । उहाँको निचोड छ, ‘त्यसबाट मात्र सर्वसाधारणको वास्तविक अवस्थाको यथार्थ झलक प्राप्त हुनेछ ।’

उहाँले पार्टीका युवालाई भ्रम हटाउन र हिम्मतका साथ संघर्ष गर्न पनि आग्रह गर्नुभएको छ । महासचिव सिले भन्नुभयो, ‘सिद्धान्तको मामिलामा कुनै पनि छुट दिइने छैन । चीनको राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकास हितको रक्षा गर्न अभूतपूर्व दृढ संकल्पका साथ लाग्नुको विकल्प छैन ।

समाचार/फोटो: सिन्ह्वा

टिप्पणीहरू