चीनमा नेपाली व्यापारी च्याप्पै

गैरआवासीय नेपाली संघ (एनआरएन) चीन शाखाका अध्यक्ष सञ्जय चेतानीलाई चिनियाँ प्रहरीले पक्राउ गरेको छ । अघिल्लो साता ग्वाङ्झाउस्थित कार्यालयबाट उनी समातिएको एक नेपाली व्यवसायीले जनआस्थालाई बताए । यसअघि पनि दुईपटक पक्रिसकेको उनले उल्लेख गरे ।

सञ्जय चेतानीले चिनियाँ कानुनअनुसार काम नगरेको, कर नबुझाएको र गैरकानुनी हुण्डी व्यवसाय सञ्चालन गरेको आरोपमा चिनियाँ प्रहरीले उनलाई पक्रिएर केरकार गरेको हो । चिनियाँ प्रहरीले आइन्दा कुनै पनि गैरकानुनी काम नगर्ने कागज गराएर छाडेको छ । निगरानी जारी छ । देखावटी व्यापार एउटा भए पनि उनले ग्वाङ्झाउमा बसेर कोरिया र भारत तथा अन्य मुलुकमा हुण्डी कारोबार गर्दै आएका छन् । पछिल्लो समय कोरियाबाट हुण्डी कारोबारी चीनतिर सरेका छन् । एनआरआएन चीन शाखाले भूकम्पपीडितका लागि संकलन गरेको डेढ करोड रुपैया“ पनि उनले हिनामिना गरेको समाचार २०७३ वैशाखमा जनआस्थाले प्रकाशित गरेको थियो ।

टिप्पणीहरू