चट्याङले मान्छे गम्भीर,बाख्रा ठहरै

चट्याङले मान्छे गम्भीर,बाख्रा ठहरै

मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका ४ जैसिन्तालमा बुधबार मध्यरात चट्याङ लागेर दुई जना गम्भीर घाइते भएका छन् ।

स्थानीय पेल्टृक सेटको तारमा चट्याङ लागेपछि जैसिन्ताल गाउँ नै प्रभावित भएको हो । चटयाङका कारण ५५ बर्षीया मेसमाया स्याङ्तान र ३५ बर्षीय सुजन ब्लोन गम्भीर घाइते भएका हुन् । साथै नेत्र स्याङ्तान र बमसिं स्याङ्तानको घरमा रहेको बाख्रासमेत मरेको वडाध्यक्ष सन्जय कोइरालाले बताउनु भयो । गम्भीर घाइते भएकालाई बोकेर मनहरीतर्फ उपचारका लागि लगिँदै गरेको उहाँले बताउनु भयो ।

गतबर्ष पनि यस क्षेत्रमा चट्याङ पर्दा महिला वडा सदस्य सुनमायाँ ब्लोन गम्भीर घाइते भएकी थिइन् । उनलाई दुई महिना अस्पताल राखेर घर ल्याइएको हो । पटक पटक एकै स्थानमा चट्याङ लागिरहनु आश्चर्यको बिषय भएकाले उचित छानबीन गरिनुपर्ने माग जनप्रतिनिधिहरुले गरेका छन् ।

टिप्पणीहरू