निःशुल्क चिकित्सालयमा तलब सुविधा खै ?

निःशुल्क चिकित्सालयमा तलब सुविधा खै ?

काठमाडौंको क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयका कर्मचारीहरु सम्झौताअनुसार तलब भत्ता नदिएको भन्दै धर्नामा बसेका छन् । उनीहरुले तोकिएको तलब र भत्ता नदिएको आरोप लगाएका छन् ।

उनीहरुलाई अस्पतालले कोभिड १९ महामारीको दोस्रो लहरमा आइसीयु सञ्चालन गर्ने प्रयोजनको लागि अस्पतालले करारमा लिएको थियो । करार नर्सिङ अधिकृत सरिता हमालको नेतृत्वमा हिजो साँझदेखि शुरु भएको धर्ना कार्यक्रममा २५ जनाको उपस्थिति रहेको छ ।

उनीहरुले धर्ना चौबिसै घण्टा हुने बताएका छन् । तर अस्पतालले गर्ने निर्णयलाई आफूहरुले पर्खेको, अन्यथा बिहान १० बजेपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्न भनेका छन् ।

टिप्पणीहरू