आज २ हजार संक्रमित थपिँदा, २० जनाको ज्यान गयो

आज २ हजार संक्रमित थपिँदा, २० जनाको ज्यान गयो

मुलुकमा कोरोना संक्रमण र मृत्युदर केही सातादेखि उस्तै देखिएको छ । आज कोरोना संक्रमणको कारण २० जनाले ज्यान गुमाएका छन् भने थप २ हजार ५२ जनामा संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय १२ जनामा पीसीआर तथा ४ हजार ३ सय २३ जनामा एन्टिजेन गरी १४ हजार ९ सय ३५ जनामा परीक्षण गरिएको थियो ।

यसबीचमा ३ हजार ३० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार हाल मुलुकभर ३४ हजार १ सय ८९ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू