काठमाडौंमा निषेधाज्ञा भदौ मसान्तसम्म, विद्यालय खुल्ला गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौंमा निषेधाज्ञा भदौ मसान्तसम्म, विद्यालय खुल्ला गर्ने अधिकार स्थानीय तहलाई

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बैशाख १६ गतेदेखि जारी गरेको र बीचमा पटक पटक आंशिक खुल्ला गर्दै आएको निषेधाज्ञालाई भदौ मसान्तसम्म लम्ब्याएको छ । अन्य सबै व्यवस्था यसअघिको निषेधाज्ञाबमोजिम भनिए पनि विद्यालय सञ्चालन गर्न सकिने संकेत गरिएको छ ।

आज जारी जिल्ला प्रशासनको आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने भनिएको छ । तर गराउन परेमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने अनुमति दिन सक्ने उल्लेख छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अनावश्यक रुपमा मानिसहरुलाई भीडभाड, सभा जुलुस, जात्रा महोत्सव र भोज गराउन बन्देज गरिएको छ । त्यसैगरी यस अवधिमा पर्ने चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्णपालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रुपमा मात्र मनाउन पाइने छ ।

टिप्पणीहरू