एमाले एकैसाथ ३ वटा रिट लिएर सर्वोच्चमा

एमाले एकैसाथ ३ वटा रिट लिएर सर्वोच्चमा

नेकपा एमालेले सर्वोच्च अदालतमा एकै पटक तीन वटा रिट दायर गरेको छ । पार्टी फुटाउन सभामुख अग्नी सापकोटाले खेलेको भूमिका अवैधानिक रहेको जिकिरसहित अन्य विषय उल्लेख गर्दै एमाले सर्वोच्च पुगेको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।

एमालेको रिटमा प्रतिनिधिसभाका सभामुख सापकोटासहित निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी वनाइएको छ । एमालेले साउन २५ गते केन्द्रीय कमिटीको निर्णयबाट माधवकुमार नेपाल सहितका १४ जना सांसदलाइ पार्टीबाट निस्काशन गरे पनि सभामुखको बदनियतका कारण संसदलाइ गराएको जानकारी कार्यान्वयन नगरेको एमालेको ठहर छ ।

यसैगरी एमालेले कारबाही गरेर पार्टीबाट निस्काशन गरेका सांसदको संख्या जोडेर २० प्रतिशत मान्दै पार्टी फुटाउन निर्वाचन आयोग मतियार बनेको एमालेले आरोप लगाएको छ ।

लुम्बिनीका सभामुख पूर्णबहादुर खड्काले पनि बदनियत गरी एमालेले कारबाही गरेका सांसदलाइ जोगाएर पार्टी फुटाउन मतियार बनेको आरोप लगाएको छ । एमालेको तर्फबाट अधिवक्ता बाबुराम दाहालको ल फर्मबाट रिट दायर गरिएको हो ।

टिप्पणीहरू