नेपालमा यति ?

भर्खर प्रकाशि पूर्व एसएलसी र साबिकको एसईई नतिजामा राष्ट्रभाषा नेपालीको हरिबिजोग देखेर भाषाप्रेमीहरू चिन्तित भएका छन् । ४ लाख ४५ हजारभन्दा बढी विद्यार्थीले दिएको उक्त परीक्षामा नेपाली भाषामा ए प्लस ल्याउने विद्यार्थीको संख्या जम्मा १८१ मात्रै रहेछ । शिक्षक चकित । विद्यार्थी चकित । अभिभावक चकित ।

कसरी यस्तो भयो ? विद्यार्थीका लागि अनिवार्य विषय । सबैभन्दा बढी शिक्षक भएको विषय । राज्यको सबैभन्दा बढी लगानी भएको विषय । नेपाली जनताले सबैभन्दा बढी बोल्ने विषय । तर ‘ए प्लस’ ल्याउने जम्मा १८१ ?

भर्खरै एक भाषाप्रेमीको विश्लेषण पढ्न पाइयो । नेपाली विषयमा यति थोरै नम्बर आउनुको कारण शिक्षक अथवा विद्यार्थी होइन । कापी जाँच्ने जाँचकी हुन् । नेपाली विषयको कापी जाँच्ने जाँचकीले नम्बरै कम दिएपछि कसरी बढी नम्बर पाउनु ? बढी पाउन त बढी नम्बर दिनुप¥यो नि ! नम्बरै नदिएपछि कसरी बढी पाउनु ? होइन र भन्या ? 

टिप्पणीहरू