​रसबरीले मुखै रसिलो

मिठाइमा रसबरी धेरैले मन पराउँछन् । पहिला पहिला यो बनाउन गाईको दूधलाई फटाउनुपर्ने भएकाले गरिँदैनथ्यो, किनभने गाईलाई पुजनीय पशु मानिन्छ । सन् १४९८ मा भास्को डि गामा भारत पुगे । सँगसँगै पुर्तगालीहरुको संख्या बढ्न थाल्यो । उनीहरु पनिर खुब खान्थे । माग बढ्दै गएपछि भारतीयहरुले दूधलाई फटाएर मिठाइ बनाउन थाले । कलकत्तास्थित दास स्वीट्सका मालिक नोविनचन्द्र दासले दूध फटाएर बनाएको छोक्रा (छेना) लाई गोलो आकार दिई चास्नीमा उमाले । सबैले यो मिठाइ निकै मन पराए, पछि यो रसगुल्ले अर्थात् रसबरीको नाउँले प्रख्यात भयो । आज पनि बंगाली रसबरी जस्तो अरु कुनै रसबरी स्वादिष्ट हुँदैन । रसबरीको आविष्कारक नोविनचन्द्र दास त्यसैले ‘रसगुल्लेका कोलम्बस’ को नाउँले प्रख्यात छन् ।

टिप्पणीहरू