सभामुखको मुध्दा आज पनि हेर्न नमिल्ने

सभामुखको मुध्दा आज पनि हेर्न नमिल्ने

संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध रिट हेर्न नमिल्ने भन्दै आज पनि पेशी सरेको छ । आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको मुद्धा हेर्न नमिल्ने भएको हो ।

द्वन्द्वकालीन मुद्दाको सुनुवाई प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबरा सम्मिलित न्यायाधीशहरू दीपककुमार कार्की,मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलाशमा परेको थियो ।

द्वन्द्वकालको समयमा अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सभामुख सापकोटालाई दोषी ठहर गर्दै दायर गरिएको मुद्धाको पेसी आज इजलाशमा चढेको हो । पूर्ण इजलाशको एक नम्बरमै राखेर मुद्धाको सुनुवाई हुँदै छ ।

अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा,पत्रकार कनकमणि दिक्षित,मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते सो मुद्धा दर्ता गरेका थिए । मुद्धा दर्ता गर्दा अग्नि सापकोटा सूचना तथा सञ्चार मन्त्री थिए ।

सापकोटा झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनको क्याबिनेटमा सूचना तथा सञ्चारमन्त्री थिए । सोही समयमा दायर भएको मुद्धाको सुनुवाईका लागि पेसी तोकिएर हेर्न नमिल्ने भन्दै पेसी सारिएको छ ।

यसअघि अन्तिम पटक २०७६ फागुन ३० गते पेशीमा चढेको थियो । उक्त दिनमा हेर्न नभ्याउने हुँदै मुद्दाको सुनुवाइ सरेको थियो।

टिप्पणीहरू