​एकतिरका मात्रै सोत्तर

सन् १९९८ को अक्टोबर २८ मा कंगोको राजधानी किन्सासाको रंगशालामा स्थानीय दुई टोली फुटबल खेल्दै थिए । अचानक बिजुली चम्कियो । चट्यांग प¥यो । दुई टिममध्येका एक टिमका एघारै जना खेलाडी मरे तर अचम्म ! दोस्रो टिमका एकजना  घाइतेसमेत भएनन् । दुवै टिमले एक–अर्कामाथि बोक्सी लगाएको आरोप लगाए । अफ्रिकामा मुर्सी नाउँको जनजाति छ । मुर्सी महिला श्रृंगारको नाउँमा ओंठमा पाँच इञ्च ठूलोसम्म रिकापी राखेर हिँडडुल गर्ने गर्छन् । दक्षिण अफ्रिकामा सरकारी कामकाजको भाषा नै ११ वटा छ, त्यसैले यो देश ‘इन्द्रधनुषी मुलुक’ को नाउँले चिनिन्छ ।

टिप्पणीहरू